6.6k
Shares
पाँचथर – पाँचथरमा गएकाे आर्थिक वर्ष २०८१ /८२ मा लडेर २५ जनाको ज्यान गएको छ । मेलापात, गाउँघर, छरछिमेकबाट घर फर्कँदा रातको समयमा धेरै मानिस लड्ने र ज्यान जाने गरेको छ ।
गाउँघरमा जाँड–रक्सी खाएर पैदलयात्रा गर्ने क्रमले पनि धेरैको ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताउनुभयो ।
घाँसदाउरा गर्न, पशु चराउन गएकाहरू पनि अचानक लडेर ज्यान जाने गरेको छ । ग्रामीण क्षेत्रमा दुर्घटनामा परेकाहरूको उद्धारसमेत समयमा हुन नसक्दा ज्यान जानेहरूको सङ्ख्या बढिरहेको छ ।