7k
Shares
काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार पुगेको छ।
आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा पुगेको हो।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ। त्यहाँ उनको बसाइ व्यवस्थापन राम्रो नभएको समाचार प्रकाशित भएपछि मानव अधिकार आयोगको टोली अनुगमन गर्न पुगेको हो।