मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

8.1k Shares

सर्लाही, २३ साउन । बलरा नगरपालिका-११ स्थित सडकमा बीआर ३० के ४६९४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया चन्दा देवी बैठाको शुक्रबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार