इजरायली सुरक्षा क्याबिनेटको बैठक आज बस्दै, गाजालाई फेरि नियन्त्रणमा लिनेबारे छलफल हुने

7.9k Shares

बिश्व। गाजा पट्टीमा लडाकू समूह हमाससँग झन्डै दुई वर्षदेखि चलिरहेको युद्धको सन्दर्भमा इजरायलको सुरक्षा क्याबिनेटको बैठक आज बस्दैछ ।

बैठकमा हमास नियन्त्रणमा रहेका क्षेत्रहरूमा सैनिक अघि बढ्ने र सम्भवतः सम्पूर्ण गाजा पट्टी पुनः कब्जामा लिने विषयमा छलफल हुने इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले गाजा पट्टीमा कब्जा गर्न गइरहेको सङ्केत गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले उल्लेख गरेको छ ।

हमासले पूर्ण आत्मसमर्पण नगरेसम्म बन्धकहरू रिहा नहुने इजरायलको बुझाइ छ । यदि अहिले कारबाही नगरिए बन्धकहरू भोकले मर्ने र गाजा फेरि हमासकै नियन्त्रणमा रहने इजरायलको भनाइ छ ।

गाजामा बढ्दो तनावको अवस्थाका बीच अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकोफ गाजामा पुग्नुभएको थियो । तर उहाँले शान्ति स्थापनाको योजना तयार गर्दै आएको बताएका बेला इजरायली सरकार युद्धलाई अझ गहिरो बनाउने तयारीमा रहेको खबर बाहिर आएको हो ।

सम्बन्धित समाचार