विभिन्न धनमाल चोरी

5.9k Shares

काठमाडौं, १५ साउन । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ दियावाती टोल बस्ने उपेन्द्र बानियाँको घरबाट करिब १३ लाख रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना बुधबार दिउँसो चोरी भएको छ ।

पाल्पा, रामपुर नगरपालिका-२ कागतीडाँडा बस्ने ६५ वर्षीय शेर बहादुर खड्काको घरमा रहेको किराना पसलबाट नगद र सुनका गहना गए राति चोरी भएको छ ।

कपिलवस्तु, विजयनगर गाउँपालिका-२ मगरघट्टा बस्ने ५७ वर्षीया नैना बस्यालको घरबाट करिब ४ लाख रूपैयाँ बराबरको सुनका गरगहना बुधबार चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार