7.2k
Shares
काठमाडौं, १५ साउन । ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ पकरबास घर भएका ४२ वर्षीय सविन उप्रेतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर दधिकोट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गररिएको छ।