पेरिसडाँडामा माओवादी बैठक, यी एजेन्डामा हुँदैछ छलफल

5.6k Shares

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बुधबार सुरू भएको बैठकमा २४ सदस्यीय पदाधिकारीमध्ये २२ जना बैठकमा सहभागी छन् । माओवादी केन्द्रका सचिव दीननाथ शर्माका अनुसार बैठकमा विभिन्न चार ‍एजेन्डामा छलफल हुँदैछ । 

mawobadi-baithak-1536x1152.jpg

उनका अनुसार स्थायी समिति बैठकको एजेन्डा तय गर्ने र केन्द्रीय समितिको बैठक बोलाउने विषयमा हुँदैछ ।  त्यसैगरी समसामयिक राजनीतिक घटनाक्रमबारे पनि कुरा हुने उनले बताए । 

बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किएको र वाम एकताबारे पनि कुरा हुने शर्माले बताए । mawobadi-baithal-1-1536x1152.jpg

सम्बन्धित समाचार