बागमती प्रदेश : नेता लामाविरुद्धकाे अविश्वास प्रस्ताव पारित

8.1k Shares

हेटाैडा, साउन १३ गते । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले दलका नेता परिवर्तन गर्ने भएकाे छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल हुँदा अविश्वासकाे पक्षमा २२ र विपक्षमा १५ मत परेकाे हाे ।

मुख्य मन्त्रीकाे पक्षमा १५ मत र उहाँकाे विपक्षमा २२ मत परेकाले संसदीय दलकाे नेताबाट उहाँ बाहिरिनुभएकाे छ । अब संसदीय दलकाे नेता परिवर्तन भएपछि मुख्यमन्त्रीकाे पद पनि परिवर्तन हुने सम्भावना छ । 

यसअघि, बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको समेत उपस्थिति थियाे । बैठकको सुरुमै केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा केन्द्रबाट पठाइएको पत्र पढेर सुनाइएको थियो ।

त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । 

सम्बन्धित समाचार