आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

7.6k Shares

काठमाडौं, ११ साउन । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-१ सुवेदी गाउँ भिमेश्वर मन्दिर नजिक बस्ने २६ वर्षीय लक्ष्मण नगरकोटीको टहरामा विद्युत सर्ट भई आइतबार बिहान आगलागीहुँदा करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ हिन्दी बस्ने छिरीङ तामाङको घरमा वेल्डिङ गर्ने क्रममा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर तथा सोही घरमा संचालनमा रहेको पसल समेतमा आगलागी हुँदा करिब १२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुर्खेत, पन्चपुरी नगरपालिका-४ डाब बस्ने बिक्रम विकको घरमा विद्यतु सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बर्दिया, गुलरिया नगरपालिका-४ सानो बेतिपुर बस्ने ओम कुमार श्रेष्ठको गोठमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँके, खजुरा गाउँपालिका-५ भट्टिटोल बस्ने २६ वर्षीय रहुप अन्सारीको कुखुराको खोरमा शनिबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार