विधेयक फिर्ता भएपछि सभामुखले भेटे राष्ट्रपति

8k Shares

काठमाडौं– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका संसदमै फर्काएपछि सभामुख देवराज घिमिरेले चासो राखेका छन्।

आज बिहान शीतल निवास पुगेर घिमिरेले राष्ट्रपति पौडेलसँग विधेयक फिर्ताबारे चासो राखेको सभामुखनिकट स्रोतले बतायो।

संशोधित विधेयक प्रथम दृष्टिमै संविधानको धारा २८४ को भावना र मर्म एवम् विश्वव्यापि लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने देखिएको साथै संवैधानिकतालाई सीमित र संकूचित बनाउने आशंकासहित राष्ट्रपति पौडेलले विहीबार साँझ संघीय संसदमा फिर्ता पठाएका थिए।

दुवै सदनबाट पारित भई सो संशोधन विधेयक प्रमाणीकरणका लागि असार ३१ मा राष्ट्रपतिसमक्ष पठाइएको थियो।

साथै भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम छ।

सम्बन्धित समाचार