आज ललितपुर महानगरपालिकामा शोक बिदा

7.2k Shares

ललितपुर । आज ललितपुर महानगरपालिकाले शोक बिदा दिएको छ । पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा महानगरले सूचना प्रकाशित गरी शोक बिदा दिएको हो । 

बज्राचार्यको साउन ३ गते शनिबार ८९ वर्षको उमेरमा निधन भएको थियो । विभिन्न कालखण्डमा बज्राचार्यले ललितपुर महानगरको नगर प्रमुखको जिम्मेवारीमा रहेर सहरको विकासमा योगदान पुर्‍याएका थिए । 

जारी सूचनामा भनिएको छ ,‘ यस कार्यालयको साउन ४ गतेको निर्णय अनुसार महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा अत्यावश्यक सेवा बाहेकमा शोक बिदा दिने व्यहोरा सूचित गरिन्छ ।’

यसैगरी महानगरले उनको निधनले अपूरणीय क्षति भएको भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेर समवेदना प्रकट गरेको छ ।520712693_905961945066710_8276438571379396417_n_qaZM9cHr4B.png

सम्बन्धित समाचार