6.8k
Shares
काठमाडौं, २९ असार । धनकुटा, चौविसे गाउँपालिका-१ फेदापजुङ बस्ने १७ वर्षीय अभिषेक आले मगरको सोही गाउँपालिका-२ स्थित धपडतालमा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
बर्दिया, बारबर्दिया नगरपालिका-६ मानपुर बस्ने गोबिन्द थारूको छोरा ९ वर्षीय गौरव थारूको सोही ठाउँस्थित खटैरा खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।