मधेश टुक्रयाउने अभिव्यक्ति दिएका  प्रदेश अध्यक्षविरुद्धका सबै मुद्दा फिर्ता लिन जसपाको माग

7.7k Shares

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) का मधेशले प्रदेश अध्यक्ष अशोक यादवमाथि प्रहरीले चलाएको मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जसपा मधेशकी उपाध्यक्ष निर्मला यादवले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष यादवमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिन प्रशासनलाई आग्रह गरिन् । उनले प्रशासनले झुठा मुद्दा फिर्ता नलिए पार्टी संघर्षमा उत्रने चेतावनी समेत दिइन् ।

जसपा प्रदेश अध्यक्ष यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्काले एकअर्कालाई गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले यादवमाथि मुद्दा चलाएर खोजतलास जारी राखेको छ । मुद्दा दर्तापछि उनी फरार छन् ।

फरार रहेको बेला उनले नेपालबाट मधेश अलग गर्ने जस्ता धम्की समेत दिइसकेका छन् । यद्दपी उनको पार्टी बचाउमा लागेको छ ।

सो पार्टीकी प्रदेश उपाध्यक्ष यादवले पत्रकार सम्मेलनमा भनिन्, ‘हाम्रो पार्टीको प्रदेश अध्यक्ष यादव कुनै गल्ती गर्नुभएको छैन । गत बिहिवार पूर्वाधार विकास कार्यालयका प्रमुख गेटमा ताल्चा लगाएर राति कार्यालय सञ्चालन गर्दा प्रहरीले सुरक्षा दिएको थियो । सो विषयमा बुझ्न खोज्दा एसपीले नै ‘मधेसी हो भनेर हेपेका थिए ।’

प्रदेश उपाध्यक्ष यादवले एसपी खड्काले नै गल्ती गरेकाले उनलाई नै कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

सम्बन्धित समाचार