करेन्ट लागेर मृत्यु

6.8k Shares

बाँके, २६ असार । डुडुवा गाउँपालिका-३ हलबलडोली बस्ने ४० वर्षीय राधे खटिकको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

नेपालगंज उपमहानगरपालिका-२१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार