सङ्घीय निजामती सेवा विधेयकमा छलफल सुरु

7.4k Shares

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ मा छलफल सुरु भएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएपछि छलफल सुरु भएको हो । 

त्यसपछि सभामुख देवराज घिमिरेले समितिको प्रतिवेदन विधेयकका दफाहरूमा मात्र छलफल गरिने जानकारी गराउँदै सांसदहरूलाई विषयान्तर नगर्न अनुरोध गरे । 

सम्बन्धित समाचार