करेन्ट लागेर मृत्यु

8.8k Shares

सुनसरी, १२ असार । इटहरी उपमहानगरपालिका-७ बज्राह डेरा गरी बस्ने खोटाङ दिप्रुङ चुइचुम्मा
गाउँपालिका-६ घर भएका ३५ वर्षीय देवान राईको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार