कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको ” त्यो मीठो पल ” सार्वजनिक

7k Shares

काठमाडाैँ ।एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको प्रेमिल म्युजिक भिडियो ” त्यो मीठो पल ” सार्वजनिक भएको छ । कोशी प्रदेशको संखुवासभा जिल्लाको चैनपुर नगरपालिका तथा सुनसरीको धरान आसपासका विभिन्न सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा गायक सुरेश लामाको गायन , कमल अधिकारीको संगीत रहेको छ भने शब्द रचना नेपाल सरकार कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचीव समेत रहनु भएका प्रभावशाली व्यक्तित्व हेम राज तामाङको रहेको छ ।

भिडियो गीतकार स्वयंम हेम राज तामाङकै युट्युव मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा लोकप्रिय मोडल / कलाकार सनम कठायत र नवप्रतिभा खुसी घिसिङको अभिनय रहेको छ । सरोज शाहीको छायांकन , अमृत चापागाईंको सम्पादनमा भिडियो निर्माण गरिएको छ । गीत संगीत, प्रविधि तथा कलाकारिताका माध्यमबाट देशै भरिका सुन्दर प्रकृति, मौलिक संस्कृती तथा सामाजिक जनजिवनको प्रचारप्रसार तथा प्रवर्द्धनका निमित्त एभरेस्ट ग्यालरीले थालेको राष्ट्रिय अभियान ” दृश्यमा नेपाल ” अन्तर्गत यो पटक कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई समेत टेवा पुग्ने गरि सहयोग गर्ने उक्त अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले जानकारी दिनुभएको छ ।

https://youtu.be/E5JMEDezqkk

सम्बन्धित समाचार