5.2k
Shares
काठमाडौं, ११ असार । रूपन्देही, रोहिणी गाउँपालिका-६ बोधवार बस्ने राज घर्तीकी छोरी ४ वर्षीया अनाया घर्ती र सोही ठाउँ बस्ने राज किश्वर घर्तीको छोरो ६ वर्षीय शुभम घर्तीको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
रौतहट, चन्द्रपुर नगरपालिका-१० बिनुवा टोल बस्ने गमिरा साहको छोरा १ वर्षीय रन्जे साह र सोही ठाउँ बस्ने जगदिश साहकी छोरी १ वर्षीया खुश्बु साहको सोही ठाउँस्थित टवाईलेटको सेप्टी ट्याङकीमा डुबेर मंगलबार राति मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनीहरूको सरकारी अस्पाताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।