तीन महानगरले ल्याए बजेट, दुईको आज आउँदै, काठमाडौँको अनिश्चित

9.4k Shares

काठमाडौँ – संवैधानिक व्यवस्थाअनुसार आज (असार १०) सम्म सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ ।

यो व्यवस्थाअनुसार अहिलेसम्म तीनवटा महानगरले बजेट अधिवेशन सम्पन्न गरिसकेका छन् । दुईवटा महानगरको अधिवेशन आज चलिरहेको छ । तर, देशकै ठूलो महानगर काठमाडौंको बजेट अधिवेशन भने अनिश्चित बनेको छ ।

अहिलेसम्म पोखरा, भरतपुर र वीरगञ्ज महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । त्यस्तै; आज विराटनगर र ललितपुर महानगरपालिकाले बजेट अधिवेशन गरिरहेका छन् ।

तर, काठमाडौं महानगरपालिकामा भने आन्तरिक द्वन्द्वका कारण अहिलेसम्म बजेट अधिवेशन तयारीको लागि बोर्डको बैठक नै बस्न सकेको छैन ।

सम्बन्धित समाचार