लुम्बिनी, बागमती र मधेशका केही ठाउँमा ठूलो वर्षा : नदी–खोला आसपासमा सावधानी अपनाउन आग्रह

9k Shares

काठमाण्डौ – लुम्बिनी, बागमती र मधेश प्रदेशका केही ठाउँमा बिहानैदेखि ठूलो पानी परेको छ। पाल्पा, प्यूठान, नवलपरासी, चितवन, बारा, रौतहटलगायतका ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रुपन्देही भएर बहने नदी खोला तथा बाराको लालबकैया खोला लगायत अरु स–साना खोलामा आकश्मिक बहाव बढ्न सक्ने भएकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै अर्घाखाँचीको राङसिङ खोला लगायत अरु साना खोला र कपिलवस्तुको सुरई खोला लगायत अरु साना खोला आसपासमा पनि सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

दिउँसो कोशी, बागमती र गण्डकी तथा राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार