झापामा दरबन्दी , रौतहटमा घुमुवा

11.2k Shares

गौर । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व लिने बित्तिकै घुमुवा अप्रेसन गरे । सशस्त्र प्रहरीलाई पछिल्लो समय सबैभन्दा बढी बदनाम गरेकै घुमुवा परिचालन र घुमुवाको असुलीले हो । त्यसैले महानिरीक्षक अर्यालले लामो समयदेखि बसेका बिशेष गरेर तराई जिल्लामा कार्यरत घुमुवाहरूलाई प्रदेश कटान गरेर सरूवा गरे । हाकिमहरू एक बर्षमा परिवर्तन भए पनि सशस्त्रका घुमुवाहरू मध्ये धेरै जागिर खाएदेखि त्यही जिल्लामा घुमुवाको रूपमा बर्षाै बर्ष रहिरहेका थिए । त्यो संजाल महानिरी अर्यालले धेरै हद सम्म चिर्न सफल भए । तर सोर्सफोर्स , कतै भेटी चढाएर सरूवा भएर गएका कार्यालय प्रमुख एसपी , डिएसपी र निरीक्षकहरूले तस्करी गराउने र तस्करसंग रकम उठाउनका लागि घुमुवा परिचालन गरिरहेका छन् । सशस्त्र प्रहरी मुख्यालयले घुमुवा परिचालन नगर्न बारम्बार परिपत्र गरे पनि त्यसको बेवास्ता गर्दै पछिल्लो समय कार्यालय प्रमुख भएर गएका सशस्त्रका हाकिमहरूले व्यापक रूपमा घुमुवा परिचालन गरेका छन् । 

यति मात्रै होइन कतिपय गणपतिले त अर्को प्रदेशमा दरबन्दी भएकाहरूलाई रमाना समेत नगरी आफू कार्यरत रहेको जिल्लामा घुमुवा बनाएर जिल्लाभर परिचालन गरि तस्करी गराउने र तस्करबाट रकम उठाउने काममा लगाई रहेका छन् । यसको पछिल्लो उदाहरण रौतहट स्थित सशस्त्र प्रहरी बलको गणमा देखिएको छ ।

झापा स्थित ३८ नम्बर गणमा दरबन्दी भएका हवल्दार भाग्य नारायण यादव र संजिव झालाई रौतहटका एसपी सन्तोष बस्नेतले रमाना नगरीकन यही राखेर घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । झण्डै ६ महिना सरूवा भएका उनीहरूलाई रमाना गर्नुको साटो एसपी बस्नेतले घुमुवाको रूपमा जिल्ला भर परिचालन गरेका छन् । धेरै लामो समयदेखि रौतहटमा घुमुवाको रूपमा त कहिले देखावटी रूपमा अन्य काममा खटाएको देखाएर घुमुवाको रूपमा नै परिचालित यिनीहरूले रौतहटका व्यापारी देखि तस्कर नचिन्ने त कुरा नै भएन नै उनीहरूलाई कुन कुन नाकाबाट तस्करी गराउन दिने र कति रकमको रेट राख्ने सम्मका कामहरू हुदै आएका छन् । यसरी तस्करलाई लाइन दिने देखि उनीहरूबाट रकम असुली गर्ने सम्मका काम गर्ने गरेको चौतर्फी गुनासो र उजुरी परेपछि सशस्त्र प्रहरी बल मधेस प्रदेशका डिआइजी कृष्ण ढकालले बाहिनीमा तानेका थिए । बाहिनीबाट उनीहरूलाई दरबन्दीमा रमाना गर्ने गरि रौतहट गणमा फिर्ता गरिएको छ । तर उनीहरूले यो समाचार तयार गर्दा सम्म रमाना लिएका छैनन् ।

सम्बन्धित समाचार