9k
Shares
काठमाण्डाै – सर्पले डसेर डडेल्धुरामा एक जनाको ज्यान गएको छ । सर्पले डसेर परशुराम नगरपालिका–७ सादनीका १३ वर्षीय किशोरप्रकाश भट्टराईकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आज बिहान शौचालय जाँदा सर्पले डसेपछि उपचारका लागि तत्कालै अस्पताल पुर्याए पनि उपचारका क्रममा ज्यान गएको हो । भट्टराई स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो ।