हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथोपटक बिहे गर्दै

18.1k Shares

हलिउड गायिका एवं नायिका जेनिफर लोपेजले चौथोपटक बिहे गर्ने भएकी छन् । ५२ वर्षीया लोपेजले ‘ब्याटम्यान’ अभिनेता बेन एफ्लेकसँग बिहे गर्न लागेकी हुन् ।

 

उनले यसअघि तीन जनासँग सम्बन्ध विच्छेद गरिसकेकी छन् । चाँडै रिलिज हुने चलचित्र ‘म्यारी मी’को प्रमोसनका क्रममा नायिका लोपेजले आफूले चौथोपटक विवाह गर्न लागेको जानकारी दिएकी हुन् ।

 

उनले चौथो विवाहपछि आफूले पूर्ण रूपमा खुसी प्राप्त गर्ने दाबी गरेकी छन् । 

सम्बन्धित समाचार