मृत अवस्थामा फेला

7.5k Shares

काठमाडौं, २ असार । धनकुटा, महालक्ष्मी नगरपालिका-७ धरधरेस्थित सडक छेउमा सोही नगरपालिका-१
कटहरे बस्ने २५ वर्षीय दिपेश कट्वाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

डोटी, के.आई.सिंह गाउँपालिका-३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१० औद्योगिक क्षेत्रस्थित सडकमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाउँ बस्ने ७५ वर्षीय जगलाल चौधरी सोही ठाउँस्थित आफ्नै खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार