सवारी दुर्घटनामा एक जनाको मृत्यु

7.7k Shares

पर्सा, २६ जेठ । वीरगंज महानगरपालिका-१४ स्थित सडकमा गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बीआर ५५ बि ९१०४ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार भारत बेतिया नरकटियागंज घर भएका ३० वर्षीय बिटु सरार्फको आइतबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका कार चालक समेत कारमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार