विभिन्न धनमाल चोरी

8.3k Shares

काठमाडौं, २६ जेठ । काठमाडौं, नागार्जुन नगरपालिका-२ सानो भर्‍याङ डेरा गरी बस्ने दाङ तुलसीपुर नगरपालिका-१९ घर भएका २४ वर्षीय ज्ञानेन्द्र महराको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-१० स्युचाटार डेरा गरी बस्ने कञ्चनपुर घर भएका ४० वर्षीय लोक राज जोशीको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

झापा, बिर्तामोड नगरपालिका-५ एकता टोल बस्ने बालकृष्ण सुवेदीको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब ८ लाख ४० हजार ५ सय ५ रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार