एथलेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका सन्तोषीको विदाइ

6.2k Shares

काठमाण्डौ – १२ औँ अन्तर्राष्ट्रिय एथलेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका सन्तोषी श्रेष्ठलाई  विदाइ गरिएको छ । अन्तर्राष्ट्रिय एथलेट्स फोरम पर्सि बुधवार र बिहिवार स्विट्जरल्यान्डको लुजेन शहरमा आयोजना हुँदैछ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले सन्तोषीलाई शुभकामनासहित बिदाइ गर्नुभयो । सन्तोषीले अस्ति शनिवार काठमाण्डाै २५ के नेपाल हेरिटेज रनको उपाधि जितेकी थिइन् ।

महिला म्याराथनकी राष्ट्रिय कीर्तिमानी सन्तोषीले सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन् । 

सम्बन्धित समाचार