मङ्सिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादनमा प्रतिबन्ध

8.7k Shares

काठमाडौं– आगामी मङ्सिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, बिक्री वितरणमा सरकारले रोक लगाएको छ । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत वातावरणीय प्रदूषण न्यूनीकरणका लागि रोक लगाउने घोषणा गरेका हुन् । 

‘प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो उत्पादन, आयत बिक्री वितरण प्रयोगमा  २०८२  मङ्सिर १ गतेदेखि रोक लगाइएको छ’, पौडेलले घोषणा गरेका छन् ।

सम्बन्धित समाचार