काठमाडौं । पछिल्लो समय केही भ्रष्ट आचरणका प्रहरी अधिकारीका कारण नेपाल प्रहरी बदनाम भइरहेको अवस्थामा काठमाडौंको मुटु मानिने प्रहरी वृत्त जनसेवाका प्रहरी नायम उपरीक्षक कृष्ण चन्दले भने सराहनीय कार्य गर्दै राष्ट्र सेवकको रुपमा आफूलाई परिचित गराएका छन् ।
राष्ट्रको सम्पत्ति नागरिकको दायित्व भने झै कवाडीमा लैजान ठिक्क पारेको पुरानो सवारी साधनलाई मर्मत गरी एक सुविधा सम्पन्न सवारी साधनको रुपमा परिणत गराई एक उदाहरणीय कार्य नेपाल सरकारका राष्ट्र सेबकका रुपमा रहे्का चन्दले देखाएका छन् ।
हुन त नेपाल प्रहरीलगायत सरकारी निकायमा बिग्रिएका सवारी साधनदेखि लिएर इलोक्ट्रोनिक सामानलाई कवाडीमा फालिदिने प्रचलन छ । किनकी त्यस्ता बिग्रिएका सवारी साधनहरुलाई मर्मत गर्दा कमै मात्र कमिशन खान पाइने भएका कारणले पनि कवाडीमा फालिदिने चलन भएको हुनसक्छ । नेपालमा हरेक निकायमा बचाउने भन्दा लुट्नेको जमात धेरै छ, कसले के ग¥यो, कसले के गरेन, मैले के गरे भने बिचार ठूलो हो ।
नेपाल प्रहरी संगठनको कार्य भनेको राज्यमा शान्ति सुरक्षा गर्नु, नागरिकका जिउधनको रक्षा गर्नु नै मुल मन्त्र मानिन्छ । हरेक पल सुरक्षामा चनाखो रहने, घटना हुन सक्ने, घटना भएको क्षेत्रमा समय मै पुग्नुपर्ने दायित्वसँग जोडिएको प्रहरीको सवारी साधन पनि पहिलो प्राथमिकतामा पर्छ ।
नेपाल प्रहरीको बिगत लामो समयसम्म प्रहरीको सारथी रहेको टोयोटा कम्पनीबाट निर्मित हाईस भ्यान कुनै समय राजधानीको गल्ली—गल्लीमा वाई वाई साईरन बजाई गुड्ने उक्त सवारी साधन आज भोलि कमै मात्र देखिने गरेको पाइन्छ । किनकी त्यस्तो सवारी साधनहरुलाई बिग्रिएको अवस्थामा मर्मत गरी पुनः संचालन गर्नुभन्दा थन्क्याएर राख्ने प्रचलनले गर्दा पनि यस्ता अवस्था आएको हो ।
प्रहरीको सारथी सवारी साधन राज्य र नागरिकप्रति शान्ति सुरक्षामा समर्पित सवारी साधनलाई समय अनुकुल आधुनिकताको साथ आजको आवश्कताको बिपत व्यवस्थापनको सामाग्री, सो पिसका लागि अवश्यक उपकरण जडित, दुर्घटनामा प्रयोग हुने उपकरण जडित पुराना सवारीलाई मर्मत गरि फेरि नयाँ युगान्तकारीको सारथीमा संचालन ल्याउन जनसेवाका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले महान कार्य गरेका हुन् । हुन त नेपाल सरकारको विभिन्न मन्त्रालयमा नयाँ मन्त्री आउँदा नयाँ सवारी साधन र नयाँ संरचनाको मन्त्रालय, मन्त्री क्वाटर सजावट गर्ने प्रचलन कम छैन, राष्ट्रिय र नागरिकको सेवा समर्पित प्रहरी र प्रहरीका साधन जो जिर्ण रहिरहेको अवस्था, कवाडीको रूपमा परिणत हुन लागेको यस्ता सवारी साधनलाई आजको आधुनिक शहरीकरणको सुरक्षाका निम्ति पुर्नजिबन संरचना ल्याउनु जुन कार्य चन्दले गरेका छन्, यस्ता कार्य प्रहरी प्रशासनको ईतिहासमा उल्लेखनीय रहनेमा दुई मत रहँदैन र सक्दैन पनि । सवारीको कमिले राज्य र नागरिकप्रति वफादारीताको मित्रता (समुदायक, साझेदारी) चिर्न जरूरी हँुदा सवारी साधनलाई नयाँ युगको नयाँ सारथीमा परिवर्तन गर्नलाई प्रहरी नायव उपरीक्षक कृष्ण चन्दको जस्तो दृढ ईच्छा हुनुपर्ने हुन्छ । राज्यको सम्पत्तिको पनि संरक्षण हुने राज्य र नागरिकको सुरक्षामा आउने दुर–दर्शितालाई नजिकिनको लागि प्रहरी बृत जनसेवाका प्रहरी नायक उपरीक्षक कृष्ण चन्दको यस्तो उदारणीय कार्यले नेपाल प्रहरी संगठनमा मार्गदर्शन कार्यको रूप लिन सकिन्छ ।
राज्यको अर्थ भारलाई न्युनिकरण गर्ने आफ्नो श्रोत साधनलाई रिमाइन्ड रिकभर्ड गरेर उल्लेखनीय कार्य गरेकोमा प्रहरी नायव उपरीक्षक कृष्ण चन्द धन्यवादका पत्रको रुपमा हेरिएको छ । नेपाल प्रहरीमा चन्दकै जस्तो उदाहरणीय कार्य गर्ने ईच्छा शक्ति जागेमा राज्यलाई आर्थिक भारका सार्थ पुराना सवारी साधनहरुको पनि सदुपयोग भएको खण्डमा दुर्घटनादेखि लिएर अन्य अपराधिक गतिविधि हुने ठाउँमा बेलैमा पुगी ठूलो क्षति हुनबाट रोकिने थियो ।
चन्दको जस्तै अन्य प्रहरीमा पनि यस्तै ईच्छा शक्ति जागोस् र पुराना सवारी साधनको सदुपयोग गरी प्रहरी घटनास्थलमा पुग्दा र अनुसन्धानका लागि आवश्यक पर्ने उपकरणहरू घटनास्थलमा समय मै पुराउनुपर्ने हँुदा आधुनिककरण श्रोत, साधनको आवश्कता पर्ने हुँदा अतिआवश्यक उपकरण जडित सवारी साधन रहनु नै अति सबेदनशिल मानिन्छ । बिपतमा चाहिने उपकरण, घटनामा अनुसन्धानका लागि आवश्यक पर्ने उपकरणलगायत अन्य अति आवश्यक बन्दबस्तीको उपकरण जडित प्रहरीको सारथी प्रहरी भ्यान सवारी जन सेवा बृतमा देख्न पाईन्छ ।
आपतकालिन गाडि निर्माणले सुरक्षा, आपतकालिन घटनालाई सहयोगी सवारी, राज्य राष्ट्र सेबकहरूले हरेक कार्यालयमा हरेक उपकरण पुनः संरचना ल्याउन सकिने उपकरणलाई यसरी नै निर्माण गरी राज्यलाई पर्ने आर्थिक भारमा कमी ल्याउने उदारणीय कार्य चन्दले गरेका छन् ।