सेयर बजारमा गिरावट

11.7k Shares

काठमाडौं– सोमबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)मा गिरावट आएको छ।

सेयर बजारमा ३ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार २६७७ विन्दुमा पुगेर बन्द भएको हो।

सेयर बजार घटेसँगै कारोबार रकम पनि खुम्चिउको छ। आइतबार ७ अर्ब ६० करोड कारोबार भएको बजार सोमबार झण्डै साढे ७ अर्बमा रोकिएको हो।

आज कारोबार भएकामध्ये ९२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। यस्तै, १५५ कम्पनीको मूल्यमा गिरावट आएको छ। कारोबारका आधारमा आज ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

यस्तै, आज दुई कम्पीनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। जसमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको सेयर मूल्यमा भारी गिरावट आएको हो।

नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सेयर बजारमा धितो कर्जाको जोखिम भार घटाएको थियो।

केन्द्रीय बैंकले आइतबार चालु वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् सेयर धितोकर्जाको जोखिम भार घटाएको थियो। यसअघि १२५ रहेको सेयर धितो कर्जाको जोखिम भार घटाउँदै राष्ट्र बैंकले एक सय प्रतिशत कायम गरेको थियो।

सम्बन्धित समाचार