आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

10.6k Shares

काठमाडौं, ३० वैशाख । काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने अजित कुमार शाहको घरमा रहेको
पेपर गोदाममा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

गुल्मी, मुसिकोट नगरपालिका-२ बुढाथोक बस्ने बाबुराम हमालको गोठघरमा सोमबार दिउँसो आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बर्दिया, गुलरिया नगरपालिका-३ बनकट बस्ने ३५ वर्षीय राकेश यादवको बारीमासोमबार दिउँसो गहुँ काटेको नलमा लगाएको आगो फैलिएर सोही ठाउँ बस्ने गोबिन्द यादव र मोहन यादवको गोठमा समेत आगलागी हुँदा करिब १ लाख ८४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै आगलागी नियन्त्रणमा लिने क्रममा जलेर घाइते भएका राकेशको बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१ मुसहरी टोल बस्ने अकलेश कुमार चौधरीको कवाडी सामान संकलन गरी राखेको ठाउँमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-४ गुडखोला बस्ने ३५ वर्षीय डिल बहादुर पुलामी मगरको घरमा सोलारको ब्याट्री पड्किएर सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी, रूपनी गाउँपालिका-५ औधोगिक क्षेत्रमा बिष्णु महायज्ञमा पूजाआजा तथा होम गर्ने क्रममा हवन गर्नको लागि बनाएको छाप्रोमा सोमबार साँझ आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार