स्वस्थ रहने कि शरिरलाई स्वस्थ राख्ने !

12k Shares

- डी.बी.शाही

जस्ताे कि शब्दले नै सम्पूर्ण वर्णन या अर्थ बहुतै सरल तरिकाले प्रष्ट पारेकाे छ ,स्वस्थ यानि कुशल मंगल तन्दुरुस्त हुनु । जुन मनुश्य या प्राणी शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन्छ उसलाई या उसकाे रहन सहन,खानपीन र उसले गर्ने कामहरुमा कुनै प्रकारकाे समस्या आउन सक्दैन । जसले जे खाए पनि पचाउन सक्छ,जसलाई जुन काम अह्राए पनि गर्न सक्छ त्यस्ताे मनुश्यलाई मात्रै स्वस्थ भन्न सकिन्छ । 

जसरी याे ब्रह्माण्डमा हालसम्म पत्ता लागेका ग्रहहरुकाे गतिमा आइ पर्ने समस्याहरुसंग ती ग्रहहरु स्वयं जुझ्छन या तिनीहरुमा बिभिन्न खालका प्रकाेपहरुले पुर्‍याएकाे क्षतिकाे भर्पाइ कुनै बाहिरी तत्व या बस्तुले नगरेर स्वयं रिकभर गर्न सक्षम् छन र लाखाैंलाख बर्ष देखि याे प्रक्रिया अटाेमेटिकली चलिआएकाे छ भने ग्रहहरु र प्राणी जगतकाे प्रकृति एउटै हाे याे सृष्टिकाे साैर मण्ठल मध्यकाे एउटा ग्रह पृथ्वी हाे र याे पृथ्वीमा चाैरासी लाख प्रकारका बिभिन्न खाले प्राणीहरु रहेकाे भनाइ छ र पृथ्वीकाे आकार    

पाँच महाभूत या पञ्चतत्व - आकाश, जमिन, जल, वायु र अग्निबाट बनेकाे छ भने पृथ्वीमा रहेका प्राणीहरु पनि तिनै पञ्चतत्व आकाश, जमिन, जल, वायु र अग्निबाट बनेकाे भन्ने बास्तु शास्त्रकाे तर्क छ । यसरी समान गुण भएकाे पृथ्वीलाई आइपर्ने समस्या पृथ्वी स्वयंले समाधना गर्छ रिकभर गर्छ भने मनुश्यसंग पनि आफुमाथि आइ पर्ने कुनै पनि समस्याकाे वास्तविक उपचार गर्ने क्षमता प्रकृतिले केवल उसैलाई मात्र दिएकाे छ । स्वस्थ मनुश्यकाे शरिरले जे खाए पनि पचाउन सक्ने अवस्थासम्म उ एकदम स्वस्थ हुन्छ तर जब उसकाे शरिरमा समस्या,गडबडी या राेग देखा पर्छ उ अस्वस्थ हुन्छ र स्वस्थ हुनकाे लागि विभिन्न प्रकारका उपाएहरु खाेज्न थाल्छ धामीझाँक्री,तन्त्रमन्त्र ,ज्याेतिष,जडिबुटी, रासायनिक ओैषधी,खाने कुरा बार्ने देखि अन्य थेरेपीहरु गर्न बाध्य हुन्छ र ती उपाएहरु गरिरहदा रिलिफ त हुन्छ तर ति ओैषधी र उपचारका विधिहरु मनुश्यले आजीवन गरिरहदा स्वस्थ भएकाे भन्ने भ्रम मात्रै हाे एकपटक राेग लागेर राेगकाे उपचार गर्ने विधि र ओैषधी सेवन गर्ने ब्यक्ति कहिलै पनि स्वस्त हुँदाकाे अवस्थामा फेरि आउन सक्दैन । धेरै जसाे राेगमा आजीवन ओैषधी सेवन गरिराख्नु पर्छ, बाँचुन्जेल खाने कुरा बार्नु पर्छ ? उसले पहिलेकाे जस्ताे स्क्रिय भएर काम गर्न सक्दैन , अलिकति ओैषधी सेवनमा लापर्वाही र खाने कुरामा ध्यान दिएन भने राेग दाेहरिने सम्भावना शतप्रतिशत हुन्छ । तर कुनै पनि मनुश्य कुनै बाहरी शक्तिकाे सहयाेग विना मानसिक रुपमा आफु माथि आइ लाग्ने समस्यासंग लडन सक्ने क्षमता राख्छ । त्याे क्षमता कायम राखेर स्वस्थ रहन मनुश्यले अपनाउनु पर्ने केही असम्भव कुराहरु-

१. माेबनइल,ल्याबटब,टिभी लगायत विकिरण छाेड्ने सम्पूरण इलेक्ट्राेनिक उपकरणहरुकाे सकेसम्म कम उपयाेग गर्ने 

२. पलास्टिक र स्टिलका भाँडा वर्तनहरु सकिन्छ भने विल्कुल प्रयाेग नगर्ने

३. दिनमा कमसेकम ३० मिनेट जति नाङ्गै खुट्टा जमिन टच गर्ने

४. जे जति कुरा तत्काल उपलब्ध छ त्यसैमा सन्तुष्ट रहने । 

५. लाेभ लालच स्वार्थ र अरु मान्छेकाे दैनिकीसंग आफुलाई तुलना गरेर टेन्शनकाे भारी नबाेक्ने ।

६. समयले दिएकाे एकएक पलकाे आनन्द लिने । प्रकृतिले केही गर्न दिएकाे समय अरुकै कुरा काट्न या प्रसंसा गर्न पटक्कै खर्च नगर्ने ।

७. खाने कुरा जे जस्ताे भेटिन्छ अमृत सम्झेर खाने । खाने कुराका सयाैं दाेष निकालेर मन नपराइ नपराइ नखाने ।

८. कुन बिशेषज्ञले के भन्याे त्यसलाई नै जिउने र स्वस्थ रहने आधार नमानेर आफ्नु शरिरले के माग्छ,मनले के कुरा मन पराउछ सकेसम्म गर्ने प्रयास गर्ने ।

९. अस्पताल गएर जाँच गराउदा आज बिश्वकाे आठ अर्व मान्छेमा एउटा मान्छे पनि स्वस्थ भेटिन्न त्यसैले म मात्रै अस्वस्थ भँए राेगी भँए अब उचित उपचार नगर्न सके मरी हाल्छु भन्ने साेच पट्क्कै नराख्ने । वास्तबमा मनुश्यकाे स्वास्थ्यसंग खानपान रहन सहन र ओैषधी उपचारकाे खासै उपलब्धी कहावतमा बाहेक अरु केही छैन । शाकाहारी हाेस या माशाहारी,ओैषधी गर या नगर मर्ने रेशाेमा केही फरक छैन् ? राेग लागेर उपचार गरेर पनि मान्छे मरेकाे छ । केही राेग लाग्दै नलागेर पनि मान्छे मरेकाे छ । समय र प्रकृतिले अनुमति दिएसम्म मनुश्यलाई कसैले या कुनै राेगले मार्न सक्दैन । समय र प्रकृति रुठेकाे दिन कुनै ओैषधी,कुनै तन्त्रमन्त्र कुनै पनि विधीले बचाउन सक्दैन, स्वयं भगवान या यमराजले पनि बचाउन सक्दैन । यसकाे मतलव केही ,नगराैं ,केही नखाँउ,ओैषधी उपचार नगराैं भन्ने अर्थमा नलिउ । सबै कुरा गर्ने हाे,उपचार पनि गर्ने हाे ,खाने कुरा पनि कुन ठिक कुन वेठिक आफैले छुट्याउने हाे तर एकदम ढुक्क भएर, । आफुले गरेकाे काम,आफुलाई मन पर्ने खानेकुरा, आफुलाई मन पर्ने पहिरण अरुलाई देखाउनकाे लागि नभएर आफैले मन पराएर गर्दा त्यसले कहिलै नकारात्मक रिजल्ट दिन्न । हामीले जे गर्दा पनि मन नपराइ गर्दा त्यसकाे रिजल्ट सकारात्मक कुनै हालतमा आउन सक्दैन ।

१०. आफै जानेकाे जे पनि गर्न सक्ने रायबहादुर बनेर अरुकाे जीवनकाे गुडीरहेकाे गाडीमा खुट्टा अट्काएर उसलाई पनि अगाडि बढ्न नदिने आफै पनि अरुकै भुत,वर्तमान र भविश्यकाे लेखाजाेखाकाे जाेखना गर्नमा समय र दिमाग नखियाएर सकिन्छ भने सहयाेग ,सहयाेग गर्न नसके पनि टाङ् अडाउने काम नगर्ने ।

सम्बन्धित समाचार