भुजहवा तस्करीको अखडा,  नवलपरासीका नाकाहरू तस्करका लागि स्वर्णद्वार

8k Shares

नवलपरासी । पश्चिम नवलपरासीको सरावलबाट भन्सार छली गरेर ल्याएको साढे ४६ लाख मुल्य पर्ने अवैध समान बरामद भएको छ । सरावल गाउँपालिका–६ भुजहवादेखि परासी आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनर जाँच गर्दा भन्सार छली गरे ल्याएको सामान प्रहरीले बरामद गरेको  हो । सामानसहित कन्टेनर चालक सरावल गाउँपालिका–५ का बशिष्ठ थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिए । ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटीएको प्रहरी टोलीले २०८०।०६।०५ गते राति ११ः३० बजेको समयमा नवलपरासी जिल्लाको सरावल गाउँपालिका वडा नं ६ गुजरवाटोल स्थितमा भुजहवाबाट परासी तर्फ आउदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कन्टेनर भित्र भन्सार छली अबैध रुपमा ल्याउदै गरेको अन्दाजी २७ लाख ५० हजार ६ सय मुल्य बराबरको जुत्ता,चप्पल, ताला÷चावी, कालो पेन, फुल स्प्रे पेंटिङ्ग ब्रस, एरबड,पेन्सिल, ईलेजर, प्रिन्टरमा प्रयोग हुने चारकोल कालो पाउडर लगायतका मालसामान र कन्टेनर अन्दाजी मुल्य रु.१९ लाख बराबर गरी जम्मा ४६ लाख ५० हजार ६ सय मुल्य बराबरको मालसामान र सवारी चालक सहित प्रहरीले बरामद  गरेको  हो ।
भुजहवा नाका अहिले तस्करहरूको उर्वर भूमि भएको छ । सबै तस्करहरूले भारतीय सामान ल्याएर भण्डार गर्ने अनि केवल बील मात्रै नेपाली प्रयोग गर्ने गर्दै आइरहेका छन् । भैरहवा भन्सारले फरार सूचिमा राखेको राजु थापाले पश्चिम नवलपरासीमा ठूलो मात्रामा तस्करी धन्दा चलाउंदै आएका थिए । जुन समाचार नवजनप्रहारले बारम्बार प्रकाशित गर्दै आइरहेको थियो । तस्करी भैरहेको प्रमाण यो सामान पक्राउले पनि पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको घुमुवा प्रहरी र अर्को एक भूपू प्रहरी घुमुवाले स्कटिङ गरेर ल्याउदै गरेको सामान इलाका प्रहरी कार्यालय महेशपुरको टोलीले बरामद गरेको हो । 
बानकट्टी ,बसहिया र भजहवामा चामल,कपडा, भारत तर्फबाट तस्करी गर्ने गरेका छन् भने नेपाल तर्फबाट कवाड, बालुवा लगायत समानहरु भारत तस्करी गरिएको छ । उनीहरुले सीमा क्षेत्रबाट भारतीय चामल ल्याउने र त्यसलाई नेपालमा गोदाम गर्ने गर्दछन् । सीमा क्षेत्रको गाँउ भुजहवा , बानकट्टी र बसहियामा ,घरेलु तथा साना उद्योग र कर कार्यालयमा गल्ला भण्डार दर्ता गरेका छन् । जसबाट उनीहरुले प्यान बिल तथा अनलाईन गरी परासी,बर्दघाट बुटवल,भैरहवा तथा काठमाण्डौ पठाउने गरेको बताइन्छ । यो समयमा सबै भन्दा बढि नवलपरासीको तस्करीको नाईके भनेर चिनिने बनकाट्टी र बसहिया नाकाबाट बनिया  , भुजहवा र हराकपुरा नाकाबाट मनोहर सबै भन्दा बढि तस्करी गर्ने तस्करको रुपमा चिनिने गर्छन । 
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा एसपी काजी कुमार आचार्य सरूवा भएसंगै यहाँको तस्करी धन्दा ठाप्प रोकिएला भन्ने विश्वास गरिएको थियो । तर ठाप्प नभएपनि तस्करी कम भएको देखिएको छ एक ब्यापरीले बताए । एसपी काजी कुमार आचार्यलाई प्रहरी संगठनको ईमान्दर र विश्वासिलो एसपीको को रुपमा गन्ने गरिन्छन त्यही करणले होला एक सय दिनको अन्तरलमा २ करोड भन्दा माथि अवैध समान बरामद गरि राजश्व उठाएको छ । त्यस्तै नवलपरासीको बसहिया प्रहरी चौकीका इन्चार्ज जनार्दन यादवकै मिलोमतमा तस्करी भइरहेको स्रोतले बताएको छ।
सुस्तामा बेवारिसे अवस्थामा राखिएको अवैध चामल बरामद भएको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर सिमा नजिक नेपाल तर्फ उखुबारीमा बेवारिसे अवस्था लुकाई राखेको १ सय ९ बोरा चामल सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलिले जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित नथइनगर(बनकट्टी) बाट बरामद गरेको हो ।नेपाल भारत तस्करी गर्ने केही तस्करहरुले भारतबाट अवैध रूपमा चामल नेपाल भित्राई उखुबारीमा बेवारिसे अवस्था राखिएको सुचना प्राप्त भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) सुस्ता ५ बलिनगरका सशस्त्र प्रहरी निरीक्षक चेतन कुमार खडकाको कमान्डमा र ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमान्ड रहेको संयुक्त गस्ती टोलिले चामल बरामद गरेको हो ।बरामद गरेको चामल करिब ३ लाख बराबरको रहेको र सो बरामद भएको अवैध चामल आवश्यक कामकारबाहीका लागी भन्सार कार्यालय पठाइने सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)सुस्ता ५ बलिनगरका सशस्त्र प्रहरी निरीक्षक चेतन कुमार खडकाले बताएका छन् 

सम्बन्धित समाचार