क्यानाडाको सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

7k Shares

टोरोन्टो– शनिबार राति भ्यानकुभरमा एक सांस्कृतिक कार्यक्रमको क्रममा ठूलो दुर्घटना भएको छ ।  तीव्र गतिमा रहेको कार भीडमा ठोक्काएकोले धेरैको ज्यान गएको र धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटना इस्ट ४१ औँ एभिन्यू र फ्रेजर स्ट्रिट नजिक राती ८ बजे भएको थियो । ‘लापु लापु डे’ नामको फिलिपिनो सांस्कृतिक महोत्सव चलिरहेको थियो, जसमा हजारौँ मानिसको सहभागिता थियो । प्रत्यक्षदर्शीका अनुसार कालो अडीको एसयूभी तीव्र गतिमा भीडमा अचानक प्रवेश गरेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार यस दुर्घटनामा एक बालक सहित कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

६ जनाभन्दा बढी गम्भीर घाइते भएका छन् र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले घटनास्थलबाट ३० वर्षीय स्थानीय व्यक्तिलाई पक्राउ गरेको छ । उनले नियतवश यस्तो गरेको हो वा अरु कारण थियो भन्ने खुल्न सकेको छैन । प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गरिरहेको छ ।

भ्यानकुभरका मेयर केन सिम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । यो घटनाले फिलिपिनो समुदाय र भ्यानकुभर सहरको लागि गहिरो आघात हो।

सम्बन्धित समाचार