श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सिएको सम्वेदना सन्देश, हिन्दुवादी यात्रीहरूको दुःखद निधन भएकोमा दुःख व्यक्त

10.9k Shares

काठमाडौं, बैशाख १३ । पूर्व राजा ज्ञानेन्द्र शाहले छिमेकी मित्रराष्ट्र भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दुवादी यात्रीहरूको दुःखद निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।

यो घटनामा परी जीवन गुमाएका सम्पूर्ण नेपाली सहित सबै दिवंगत आत्माहरूको हाम्रो भावपूर्ण श्रद्धाञ्जली, शनिबार जारी शोक वक्तव्यमा भनिएको छ । साथै मृतकहरूको सबै शोकसन्तप्त परिवारमा आत्मीय सम्वेदना व्यक्त गरिएको छ ।

यसरी यो दुःखद घडीमा मित्रराष्ट्र भारत सरकारप्रति पनि गहिरो सहानुभूति व्यक्त गरेको छ । “बसुधैव कुटुम्बकम” को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दु धर्मावलम्बीहरूको दिव्य मानवीय मान्यता हो, जारी शोक वक्तव्यमा भनिएको छ, त्यो मान्यता विपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराउनु सर्वथा धर्मविरुद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं ।

सम्पूर्ण विश्ववेशन र समग्र हिन्दु समुदायलाइ नै मर्मान्त पार्न भएको यस्ता घटनाको जतिसुकै निन्दा गरे पनि थोरै हुन्छ । त्यसरी घटनाको विश्वव्यापी भत्र्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनु पर्दछ भन्ने हाम्रो धारणा छ, पूर्व राजाका सम्वाद सचिव डा. फणिराज पाठकका नाममा जारी शोक वक्तव्यमा भनिएको छ । 

WhatsApp Image 2025-04-26 at 20.39.41_4b25b0fb.jpg

सम्बन्धित समाचार