9.4k
Shares
काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग गर्दै २२ दिनदेखि शिक्षक आन्दोलन जारी रहेको छ ।
आन्दोलनका क्रममा क्रममा शिक्षकहरूले बानेश्वर–तीनकुने सडक खण्डको ३ वटै लेन ढाकेर प्रदर्शन गर्ने गरेकोमा १ लेख खुला गर्न थालेका छन् ।
यातायात र सर्वसाधारणमा असर परेको भन्दै आलोचना हुन थालेपछि शिक्षकहरूले अहिले १ लेन खुला गरेका हुन् । प्रदर्शनका क्रममा बानेश्वरदेखि माइतीघरतिर जाने लेन खुला गरिएको हो ।