डोटीकाे जोरायलमा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

7.2k Shares

काठमाण्डौ – भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको ट्रक आज बिहान दुर्घटना हुँदा चालक बझाङको बुङ्गल नगरपालिकाका ३२ वर्षीय अर्जुन धामी, ४२ वर्षीय उज्जल जाग्री र त्यही ठाउँका ४० वर्षीय जगत धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

सम्बन्धित समाचार