शिक्षकले सडकमा प्रदर्शन गर्दा सर्वसाधारणलाई सास्ती

8.3k Shares

काठमाडौं– देशभरका शिक्षकहरू १७ दिनदेखि सडक आन्दोलनमा छन् । शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ ।

आन्दोलनरत शिक्षकहरूले माइतीघर नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परिरहेको छ। 

मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत भएको छ । 

अहिले नयाँबानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु परेको यात्रुहरूको गुनासो छ । 

सम्बन्धित समाचार