ढल्केवर ग्रिडमा आगलागी हुँदा, महोत्तरीको बिद्युत् सेवा अवरुद्ध

10k Shares

जनकपुरधाम– नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रिडको विभिन्न उपकरणमा आगलागी हुँदा आज बिहानदेखि धनुषा र महोत्तरी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । 

शुरुमा सर्लाही जिल्लाको पनि विद्युत् अवरुद्ध भएको थियो तर त्यहाँ मरम्मत गरी अर्को फिडबाट लाइन सुचारु भएको नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियैतले जानकारी दिएका छन् ।

ढल्केवर ग्रिडमा मरम्मत कार्य बिहान साढे ८ बजेदेखि भइरहेकोले आज साँझसम्म दूबै जिल्लामा लाइन सुचारु हुने उनले जानकारी दिए । आज बिहान साढे ७ बजे ढल्केवर ग्रिडमा केबुल, ब्रेकर,लगायत विभिन्न उपकरणमा विद्युत् सर्ट भई आगलागी भएको छ ।

आगलागी एक घण्टामै नियन्त्रणमा आएको थियो । प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख कुशियैतका अनुसार आगो नियन्त्रणमा आउनासाथ मरम्मत कार्य सुरु गरिएको छ ।

सम्बन्धित समाचार