14k
Shares
बाजुरा । बाजुरामा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ । बुधबार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी नौ महिने छोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराका अनुसार घरमा चट्याङ पर्दा नाबालिकाको घटनास्थलमै मृत्यु भएको हो भने मृतक नाबालिकाकी आमा अन्दाजी २८ वर्षीया सन्जीता सार्की घाइते हुनुभएको छ । उहाँको शरीरको विभिन्न भागमा पोलिएको छ भने अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
चट्याङ लागेर ज्यान गुमाएकी नाबालिकाको शव जिल्ला अस्पतालमा राखिएको बाजुरा प्रहरीले जनाएको छ ।