साडि लगाउन जान्नुहुन्न ? उसोभए साडि लगाउँदा भुलेर पनि नगर्नुहोस् यी गल्ती

23.2k Shares

काठमाडौँ । साडी एक नेपाली परम्परागत पोशाक हो जुन प्रत्येक युवतीले लगाउन मनपराउँदछन्। जमाना जति बद्लिए पनि साडी लगाउने परम्परा अझै पुरानो भएको छैन। साडी लगाउँदा सबै नारीलाई पूर्ण महिलाको रूपमा देखिन्छ, जसले, संस्कृति र विश्वास प्रति सम्मान झल्काउछ ।

साडी प्रायस् जसो विवाह, पूजा र अन्य समारोहहरूमा महिलाहरूले लगाउँदछन्। साडी लगाउदा हरेक महिलालाई फरक देखिन्छ। जमानाको हिसाब अनुसार साडी लगाउने तरिका जरुर बद्लेको छ ।

चाहे ग्ल्यामर वल्र्ड हो या राजनिती साडी जसले पनि जुन क्षेत्रमा काम गरेपनि लगाउने गरेको पाइएको छ ।

कलिउडले विश्वभरि साडी लगाउने प्रवृत्ति बढाएको छ।तपाईले बलिउडमा त देख्नुभएकै होला कंगना रनौत, रेखा र विद्या बालन जस्ता धेरै अभिनेत्री साडीप्रतिको प्रेमका लागि परिचित छन्। खैर, त्यहाँ ठाउँ अनुसार साडी लगाउने तरीका र अभ्यास फरक छ। साडी लगाउनु सजिलो काम होइन। यदि यो राम्रोसँग लगाइदैन भने यो धेरै खराब देखिन्छ। हामी तपाईंलाई साडी लगाउनको सही तरीका बताउँदछौं जसले साडीको लुक र तपाईंको लुक बढाउछ ।

सानो प्रिन्टवाला साडी : सानो प्रिन्ट साडी मात्र खरीद गर्नुहोस् । यसले तपाईंको उचाई लामो देखिनेछ । साना प्रिन्ट कपडाहरूले भ्रम सिर्जना गर्दछ । यस्तो खालको साडी लगाउँदा अधिक लम्बाई र कम तौल देखिन्छ ।

ठाडो पट्टीमा बनेको लाइनवाला साडी: लम्बाइ वा माथीदेखि तल रेखासम्मको साडी छान्ने गर्नुहोस् । याद गर्नुहोस् चौडाईमा बनेका लाइनहरूको लागि साडी खरिद गर्नुहुँदैन ।

आधा वा स्लीव ब्लाउज : लामो देखिनका लागि ब्लाउजको पनि महत्वपूर्ण भुमिका देखिन्छ । लामो बाहुलाहरू भएको ब्लाउज कहिले पनि न लगाउनुहोस् । ब्लाउज कुहिनो माथि वा बिना स्लीवसहित ब्लाउजको साथ साडी क्यारी गर्नुहोस् । तर यदि तपाइँको पाखुरा मोटो छ भने, तपाइँ पूर्ण स्लीवको साथ ब्लाउज लगाउन सक्नुहुन्छ ।

कपडाको पनि ख्याल राख्नुहोस् : कपडा किन्दा सधैं के ख्याल गर्नुहोस् भने त्यसको तौल कम हुनुपर्छ । जस्तै, जर्जेट, शिफन जस्ता वजन कम भएका कपडा रोज्नुहोस् । कटन, सिल्क वा त्यस्तो कपडा छनौट नगर्नुहोस् जुन अधिक तौलको हुन्छ । तौल धेरै भएकोजस्तो लाग्ने साडी नलगाउनुहोस् ।

सम्बन्धित समाचार