त्रिवि केन्द्रीय क्याम्पस र मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनावकाे मतदान चल्दै

7.5k Shares

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरमा रहेको केन्द्रीय क्याम्पसमा आज स्ववियु चुनावका लागि मतदान भइरहेको छ । बिहान ८ बजेदेखि शुरू भएको मतदान बेलुका ४ बजेसम्म चल्ने छ ।

क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । यस पटक दलका विद्यार्थी सङ्गठनका साथै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

अखिलबाट सिद्धान्त भट्ट, नेविसङ्घबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १ सय ४६ जना मतदाता रहेका छन् ।

यस्तै मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । त्यहाँँ बेलुका ५ बजेसम्म मतदान हुनेछ । ४ हजार ३ सय ८३ जना मतदाता रहेका विश्वविद्यालयमा १९ सदस्यीय कार्यसमिति चयन हुनेछ ।

चुनावबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक मतबाट गरी १९ जनाको कार्यसमिति चयन हुनेछ । यसअघि चैत ८ गतेका लागि तोकिएको चुनाव उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित भएको थियो ।

सम्बन्धित समाचार