9.1k
Shares
अर्घाखाँची – भूमिकास्थान नगरपालिकामा पौडी खेल्दा डुबेर दुई जनाको ज्यान गएको छ ।
झिमरुक नदी र छिर्लिंग खोलाको दोभानको रहमा पौडी खेल्दा डुबेर भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र १७ वर्षीय अशोक नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
दिलिप र अशोक हिजो पौडी खेल्न रहमा पुगेका थिए ।