12.6k
Shares
काठमाडौँ । भूमि अध्यादेश होल्ड भएकोबारे राष्ट्रिय सभामा सांसदहरूले चासो व्यक्त गरेका छन् ।
आइतबार राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय जनमोर्चा (राजमो)का सांसद तुलप्रसाद विश्वकर्माले सँगै आएका अन्य अध्यादेश प्रतिस्थापन विधेयकमार्फत अगाडि बढेको तर, भूमि सम्बन्धी अध्यादेश होल्ड भएको स्मरण गरेका हुन् ।
सभामा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको छलफलमा उनले यस्तो बताएका हुन् ।
सरकारले अध्यादेश ल्याउनु भनेको कानुन बनाउने थलो संसदलाई कमजोर बनाउनु रहेको भन्दै उनले प्रतिस्थापन विधेयक अगाडि बढाउन नहुने आफ्नो पार्टीको मत रहेको बताए ।