प्रधानन्यायाधीश जबराले वैशाखसम्म काम गर्ने समय माग

19k Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आन्दोलित न्याायाधीहरुद्वारा गठित वार्ता टोलीका तीन न्यायाधीशसँग बैशाखसम्म काम गर्ने समय दिन मागेका छन् ।

सोमबार वार्ता टोलीका न्यायाधीशहरुसँग भएको छलफलमा प्रधानन्यायाधीश जबराले बैशाखसम्म काम गर्न दिन समय मागेका हुन् ।

बैशाखसम्म काम गर्न समय मागेका प्रधान्यायाधीश जबराले उक्त समयपछि भने सम्मानजनक रुपमा बर्हिगमन हुने प्रस्ताव पनि राखेका छन् । तर, वार्ताका टोलीका न्यायाधीशहरुले भने बैशाखसम्म सयम दिन नसकिने र तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेका छन् ।

वार्ता टोलीमा आन्दोलित न्यायाधीश पक्षका न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा रहेका छन् ।

सम्बन्धित समाचार