डी .बी.शाही
-उर्जा शक्ति थेरापिस्ट
आजकाे युग तीब्र अग्रगमनमा अगाडि बढ्दैछ र याे ब्रह्माण्डमा भएका सम्पुर्ण प्राणीहरुमा सर्वश्रेष्ठ प्राणी भनेकाे मानिस हाे र उसले हरेक प्राणीको जीवनकालमा आइपर्ने सम्पूर्ण समस्याको विश्लेषण गर्ने क्षमता राख्छ र समस्याको हल या उपचार गर्न पनि सक्षम देखिन्छ र समस्याको समाधान पनि भएकाे देखिन्छ तर समस्या निदान भएकाे देखिन्न ? आज सबैभन्दा बढी राेगी र समस्याबाट अत्यन्त पीडित त्यही सर्वश्रेष्ठ मानिस मात्रै किन छ ? जति जति समाजकाे बैज्ञानिक रुपान्तरण हुँदै गएकाे छ त्यति त्यति समस्याहरु (राेग,भाेक,शाेक) झन्झन् बढ्दै गएकाे देखिन्छ ? नयाँ नयाँ विचार नयाँ नयाँ साेच,नयाँ नयाँ समस्या र राेगहरु रुप र आकार बदल्दै समाजमा आतंक ,डरत्रास र भयकाे वातावरण विकसित बनाउदै गएकाे प्रष्ट भै सकेकाे छ ? सकारात्मक भन्दा नकारात्मक साेच विचार र कार्यशैलीमा वृद्धि हुँदै गएकाे छ ?
यस्तै यस्तै कुराहरुले गर्दा र आफ्नु अनुभव र अभ्यासको आधारमा जापानी बैज्ञानिक डाक्टर केनिची कुमाकिरीले लगभग १५/२० बर्षकाे शाेध खाेज र अनुसन्धान पछि तयार पारेकाे थेसिस र त्यसैको आधारमा शुरु गरेकाे " उर्जाकाे संतुलन " भन्ने विधि राेग छ र सर्छ भन्ने कुरा अस्वीकार गर्छ ?
डा. केनका अनुसार याे ब्राह्मण्ड Macro & Micro Cosmos मा आधारित छ र संसार दुइटा Rays किरणहरुकाे गतिमा गतिशील या जीवन्त हुन्, Negative & Positive rays लाई एउटा अर्को शक्ति जाे न्युट्रल छ ले संतुलन मिलाउछ। याे ब्राह्मण्डमा गतिशील र जीवित प्राणीहरकाे गतिलाई पृथ्वीको Gravitational Force ले Stable स्थीर पार्छ भने Earthing ले Negative & Positive rays लाई संतुललित (Balanced) पार्छ । आजकाे मानवले सुविधा ,सभ्यता र आधुनिकीकरण तथा विकासकाे नाममा कंक्रिट युगकाे विकासकाे साथसाथै जुत्ता चप्पल घर भित्र बस्दा पनि लगाइ राख्नकाे कारण जमिनलाई एक छिन पनि नाँगै खुट्टा छुन नपाउदा मानव शरिरकाे Earthing हुन पाउदैन जसकाे कारण मानिसहरुलाई जिवन्त या गतिशील बनाउने सकारात्मक र नकारात्मक उर्जा असंतुलित हुन्छ ।
हाम्रो शरिरलाई गतिशील बनाउने उर्जा शक्ति असंतुलित भए पछि हाम्राे शरिरकाे सिस्टम पनि असंतुलित हुन्छ र शरिरले सहजरुपमा गर्नु पर्ने काम गर्न सक्दैन,याे शरिरमा उर्जा शक्तिको असंतुलनले हामीलाई असहज महसुुस हुन्छ, जसलाई राेग भनेर हामी मान्छेले अनुमान र अनुभवकाे आधारमा अनेक उपचार विधिहरु विकास गरेका छाैं र गर्दैछाैं । राेगलाई केन्द्र बिन्दु या मुल कारण मानेका विधिहरुले राेगलाई त ठिक गर्छ तर हाम्राे शरिरकाे गतिलाई संतुलित बनाउन सक्दैन् त्यसकारण राेगबाट केहीसमय आराम त मिल्छ तर राेगकाे निदान हुन्न ? आज हामी हजाराैं बर्षदेखि अभ्यास र प्रयाेग गर्दै आएका, हाम्रो शरिरमा कुनै प्रकारकाे साइड इफेक्ट नगर्ने विधिहरु रसायनकाे भेलमा बगाएर सम्पूर्ण शरिरलाई रसायनकाे भण्डार बनाउदै गएका छाैं । हामीले हाम्रो शरिरलाई कस्मीक उर्जा शक्तिले हाेइन रसायन (Chemical) काे भरमा गतिशील बनाउने अथक अभ्यासकाे बाटाेमा हिडाइरहेका छाैं ?
डा. केनले लामाे शाेध पछि प्रयाेग र अभ्यासमा ल्याएकाे " उर्जा शक्तिको संतुलन " ले भन्छ अन्य विधिले शरिरले उर्जा शक्तिको असंतुलनका कारण निस्कासन (फ्लस ) गर्न नसकेकाे बिषाधी( टक्सिन ) सर्जरी ,केमिकल, रेडियसनद्वारा विसर्जन गराउछ तर उर्जा शक्तिको गडबडी या असंतुलन ठिक पार्न सक्दैन ? त्यसकारण केही समयकाे लागि या केही बर्षकाे लागि समस्याबाट मुक्ति पाएर सन्चाे भएको अनुभव भए पनि केही समय या केही बर्ष पछि त्यही समस्या फेरि झन् बल्झिएर आउछ । किन भने त्यस प्रकारका विधिहरुमा राेगकाे त उपचार हुन्छ तर राेग लाग्ने कारणकाे उपचार हुन्न ? डा. केनकाे उर्जा शक्तिको संतुलन विधिले याे संसारमा भएका सम्पूर्ण प्राणीहरुमा कुनै प्रकारकाे राेग भन्ने हुँदैन(There is no diseases) भन्छ । अर्काेतिर ल अफ् नेचर र क्वान्टम फिजिक्सले पनि डा. केनकाे उर्जा शक्तिकाे कुरा र हामीले जुन कुरालाई प्राथमिकता दिन्छौं हाम्रो शरिरले त्यही काम गर्छ भनेर भनेकाे पाइन्छ ? कुनै पनि राेग या भाइरस आफै सर्दैन तर जब हाम्राे विचारमा राेग,भुत प्रेत,देवीदेवता,पृति आदि लाग्छन् भन्ने साेच आउछ तब हाम्रो विचारमा आएकाे डरले हाम्रो हर्माेनहरु सक्रिय बनाउछ र साथसाथै एन्जाएमलाई पनि सक्रिय बनाउन शुरु गर्छ ।
हर्माेन र एन्जाएमकाे काम हाम्रो शरिरलाई आवश्यक पर्ने रसायन तथा प्राेटिन, हाम्रो शरिरकाे माग अनुसार उत्पादन गर्ने हाे र हर्मोन र एन्जाएम हाम्राे विचार अनुसार सक्रिय हुने गर्छन् । जब हाम्राे शरिरलाई गतिशील बनाउने उर्जाकाे संतुलनमा गडबडी आउछ उक्त रसायन या प्राेटिनलाई हाम्रो शरिरले सही तरिकाले व्यवस्थापन गर्न सक्दैन । हामीले राेग भनेर उपचार गर्ने भनेकाे हाम्राे शरिरलाई स्वस्थ बनाउन चाहिने रसायन (केमिकल) कै प्लस र माइनस हाे ? जस्तै केल्सियम प्लस हुँदा हड्डी बढ्ने र केल्सियम माइनस हुँदा हढ्डी खिइने । अनि हामी उपचारकाे नाममा हाम्राे शरिरमा कम देखिएकाे रसायन या प्राेटिन बाहिरबाट दिएर पुर्ति गर्ने प्रयास गर्छाैं तर त्याे मात्रा हाम्राे शरिरकाे ब्लड ग्रुप,वजन,हाइट लयायत हाम्राे शरिरकाे संरचनाले कतिहदसम्म रेसिस्ट गर्न सक्छ त त्यसबारे कही कतै अनुसंधान या शाेध गरेकाे पाइन्न ? अर्काे तिर बढी भएकाे रसायन या प्राेटिन पनि केमिकलद्वारा नै रिडिउस गर्ने प्रयास गरिन्छ ? वास्तवमा विचार गर्ने हाे भने राेग भनेर गरिने उपचार विधिमा ब्लड ग्रुप, हाइट, वजन अनुसार अनुसन्धान गरिनु पर्छ र शरिरकाे संरचना अनुसार मात्रै आैषधीकाे मात्रा ताेकिदा राम्रो हुन्थ्यो हाेला ?
उर्जा शक्ति विधिकाे भनाइमा राेग लाग्ने कारणहरु-
१. टिभी, कम्प्युटर, माेबाइल, रेफ्रिजेटर, एसी आदि विकिरण फैलाउने फ्रिक्विनसी युक्त सामानहरु
२. हाइब्रिड र जिएमआे र रसायनीक मल र कीट नाशक आैषधीकाे प्रयाेय गरि उत्पादन गरेका खाने कुरा
३. चिनी र जनावरकाे मासु , दुध र दुधबाट बनेका खाने कुरा ( दही, मही र ध्यु छाेडेर किन भने यसमा दुधकाे गुण रहन्न )
४. कंकरिटद्वारा निर्माण गरिएका घर वा बिल्डिङ्ग (किन भने यस्ता घरले अक्सिजन र अर्थिङ्ग ब्लक गर्ने काम गर्छन् )
५. जंक फुड (रेडिमेड खाने कुरा र पेय पदार्थ) अनि पाेलिस्ड चामलकाे भात तथा बाेक्रा फालेकाे मैदाकाे आटा
६. आरामदायी साेफा, बेड र कपास विनाकाे धागाेबाट बुनेका पहिरनहरु
७. अत्यधिक कामकाे चाप तथा धनी बन्ने सपना पालेर सिर्जना गरेकाे स्ट्रेस ,चिन्ता
८. पलास्टिक, रबर र स्टिलका भाँडा बर्तनहरु
९.आफ्नु भन्दा अरुकाे, अडाेसी पडाेसीहरुकाे रहन सहन, खानपिन र कामकाे विश्लेषण गर्ने तथा उन्नतिमा जलन र पीडामा खुशी हुने चिन्तामा बाचुन्जेल चिन्तित रहने बानी
स्वस्थ रहनकाे लागि अपनाउनु या प्रयाेग एवं अभ्यास गर्नु पर्ने साधारण उपायहरु-
१. प्रत्येक दिन कम से कम नाङ्गै खुट्टा आधा धण्टा जमिनमा छुने वा हिड्ने
२. छिटै सुत्ने, छिटै उठ्ने
३. बिहान उज्यालो भए पछि खाने कुरा खाइ हाल्ने र बेलुका अंधेराे नहुँदै खानेकुरा खाइ सक्ने
४. लगाउने लुगा तथा सिरक, डसना र तन्ना शुद्ध कपासबाट निर्माण गरिएका मात्र प्रयाेग गर्ने
५. खाने कुरामा साधारण तथा शुद्ध दालभात तरकारी र फलफुल
६. चिनीकाे ठाउँमा शुद्ध शखर र मह आदि
७. अरुकाे चिन्ता छाेडेर आफुलाई आफै व्यस्त राख्ने र चिन्ता मुक्त रहने प्रयास गर्ने
८. जन्म पछि मृत्युलाई मान्ने र मृत्युुकाे कुनै निश्चित समय हुँदैन त्यसैले मृत्युको डरबाट मुक्त भएर बिन्दास जिउने प्रयास गर्ने
अन्तमा राेगबाट मुक्त हुनु भन्दा राेगै लाग्न नदिने, मान्छेले अनुमानकाे आधारमा सिर्जना गरेका नियम भन्दा प्राकृतिक नियमकाे पालना गर्ने वा जाे, जे जति दुख सुख जीवनमा आइलाग्छन स्वीकार गर्दै सन्तुष्ट रहने ?