होलीको चहलपहल बढेसँगै काठमाण्डौमा प्रहरीको जाँचमा कडाइ

7.4k Shares

काठमाण्डौ – होलीको चहलपहल बढेसँगै काठमाण्डौमा प्रहरीले बिहानैदेखि जाँचमा कडाइ गरेको छ ।

ट्राफिक प्रहरी र स्थानीय प्रहरीले उपत्यकाको १ सय २१ ठाउँमा जाँच गरिरहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी चलाउनेहरूले जाँड–रक्सी र लागूपदार्थ खाए/नखाएको जाँच भइरहेकाे छ । ताेकिएकाे सीमाभन्दा धेरै गतिमा गाडी चलाएमा र क्षमताभन्दा धेरै यात्रु बसेमा पनि कानूनी कारबाही हुने उहाँले बताउनुभयो ।

त्यस्तै होली खेल्न नचाहनेहरूलाई जबरजस्ती रङ्ग नदल्न र लोला नहान्न प्रहरीले आग्रह गरेकाे छ । यदि कसैले जबरजस्ती गरेमा १०० नम्बरमा फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ । आज हिमाली र पहाडी भेगमा फागु अर्थात् होली पर्व मनाइँदैछ । यस्तै तराई क्षेत्रमा भोलि होली मनाइँदैछ ।

सम्बन्धित समाचार