पासपोर्ट बनाउन ठेलमठेल

15.6k Shares

काठमाडौं । काठमाडौं लैनचौरस्थित राहदानी विभागमा आइतबार बिहानैदेखि भीडभाड देखिएको छ ।

विभिन्न जिल्लाबाट सिफारिस ल्याएर र काठमाडौंकै गरी ठूलो संख्यामा युवायुवती तथा तन्नेरीहरु राहदानी (पासपोर्ट) बनाउन पुगेका थिए । जसको कारण राहदानी विभागलाई भीड मिलाउनका लागि हम्मेहम्मे परेको थियो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको कारण तुलनात्मक रुपमा विदेश जानेहरुको संख्यामा वृद्धि भएको छ । सोही क्रममा अमेरिकी सरकारले खुलाउँदै आएको डाइभर्सीटी अर्थात (डिभि) भर्नका लागि समेत मानिसहरु पासपोर्ट बनाउन पुगेका थिए । लाइनमा बस्नेहरु कतिपय भने छिटो पालो ल्याउनका लागि रातिदेखिनै लाइन बसेका थिए  । 

सम्बन्धित समाचार