बन्द उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो

7.6k Shares

बागमती– हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौता रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ । 

विगत तीन / चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रा.लि, ग्रिन गोल्ड इन्टरनेसनल प्रा.लि र बानिया मल्टी प्रोडक्ट प्रा.लिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो । 

विभिन्न कारणले बन्द रहेका ती उद्योगका सञ्चालकलाई सम्पर्कमा आउन पटक पटक पत्राचार गर्दै आए पनि सम्पर्कमा आउन नचाहनेले कारबाही अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सङ्गीता कुँवरले बताए। 

सम्बन्धित समाचार