12.1k
Shares
नेपालगन्ज । १३ पटकसम्म हात्तीपाइले रोगविरुद्धको ‘आम औषधी’ सेवन अभियान असफल भएपछि बाँकेमा १४औं पटक सुरु गरिएको सो अभियानलाई प्रभावकारी बनाउन राति घर घरमा पुगेर औषधी खुवाउन थालिएको छ।
नेपालगन्ज उपमहानगर, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको एउटा वडामा सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम सफल हुने कुरामा चुनौती देखिएपछि स्वास्थ्यकर्मीहरूले अहिले राति राति घर–घरमा पुगेर औषधी खुवाइरहेका छन् । स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले सबैभन्दा बढी शिक्षित जनसङ्ख्या भएको नेपालगन्ज नगरकै जनतालाई यो औषधीको बारेमा बुझाउन नसकिएकाले थप चुनौती रहेको बताउनुभयो ।